राजनीतिनिर्मला पन्तको हत्यारालाई सरकारले नै बचाउन खोजेको छ : सभापति देउवामंसिर
२९, २०७५ शनिबार १९:३२:५५
|सुशील के सी – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनकपुरकी निर्मला पन्तकोहत्यारालाई सरकारले नै बचाउन खोजेको आरोप लगाउनुभएको छ ।शनिबारदेखि काठमाडौंमा सुरुमहासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले शान्ति सुरक्षा कायम गराउन नसकेको सरकार स्वयंम निर्मला पन्तको हत्यारा बचाउन लागि परेको दाबी गर्नुभएको हो ।देशभर हत्या हिंसाका घटना बढ्दै गएको तथा निर्मला पन्तको तस्बिर टाँस्नेलाई समेत नियन्त्रणमा लिने सरकारका क्रियाकलाप सर्वत्रआलोचित भएको उहाँले उल्लेख गर्नुभयो । संघियता नै असफल बनाउने षड्यन्त्रमा सरकार लागेको उहाँले दाबी गर्नुभयो ।वर्तमान सरकारले नागरिकलाई लोकतन्त्रको उपहारको रुपमा मंहगी दिएको, बुढी गण्डकी आयोजना निर्माणको जिम्मा बिना प्रतिष्पर्धा सुम्पिएको, मिडियामा हस्तक्षेप बढेको भन्दै उहाँले त्यसविरुद्ध सशक्त प्रतिकार गर्नुपर्ने बताउनुभयो ।महासमिति बैठकबाट पार्टीलाईएकतावद्ध र संगठित बनाई बलियो प्रतिपक्षीको रुपमा देशभर सरकारका क्रियाकलापविरुद्ध आवाज बुलन्द पार्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । देशका ठूला राजनीतिक परिर्वतनमा नेपाली कांग्रेसको ठूलो योगदान रहेको चर्चा गर्दै उहाँले आन्तरिक द्धन्द्धका कारण कतिपय अवस्थामा उम्मेदवारहरु पराजित हुनुपरेको यथार्थ भने स्वीकार गर्नुभयो ।पार्टीभित्र विधि र पद्धतिलाई बलियो बनाउन नसक्दा पार्टीकै आन्तरिक कारण र आन्तरिक द्धन्द्धले उम्मेदवारहरु पराजित हुनुपरेको र एक पटक जित्ने र अर्को पटक हार्ने काम हुँदै आएको पनि उहाँले उल्लेख गर्नुभयो ।उहाँले पार्टीभित्र अनुशासनकायम गर्दै विश्वास र एकताकासाथ पुनः एक नम्बरको पार्टीमा स्थापित गराउने विश्वास व्यक्त गर्नुभयो । पार्टीलाई मिलाएर लैजानुपर्छ र कसैले पनि पार्टी छोड्ने अवस्था नआओस् भन्नेमा नेतृत्व सचेत रहेको भन्दै उहाँले महासमिति बैठकले पार्टीलाई नयाँ उत्साह र उर्जा भर्ने विश्वास व्यक्त गर्नुभएको छ ।अन्तिम अपडेट:मंसिर २९, २०७५तपाईको प्रतिक्रियानाम (अनिवार्य)इमेल (अनिवार्य) (गोप्य राखिनेछ)प्रतिक्रिया दिनुहोस्(अनिवार्य)I'm not a robotreCAPTCHAPrivacy-Terms
Subscribe to:
Post Comments (Atom)
Others
कक्षा १० (SEE) को अन्तिम परिक्षाको रुटिङ थाहा छैन भने हेर्नुहोस । र सेयर गर्नुहोस
Secondary Education Examination (SEE) Routine 2075 NEB Result & News Share this on: Facebook Tw...
NEB Result & News
-
तपाइले कुन ग्रेड ल्याए कुन बिसय पढ्न पाउने र कुन देश पढ्नको लागि उपयुक्त हेर्नुहोस पूरा । तपाईको ग्रेड अनुसार कुन बिसय पढ्न पाउनुह...
-
Secondary Education Examination (SEE) Routine 2075 NEB Result & News Share this on: Facebook Tw...
-
National Examiantion Board (NEB) published examination form filling notice for Grade 11 and 12 Facebook Twitter ...
No comments:
Post a Comment