आइतबार सार्बजानिक बिदा , तमु लोह्सार ।


आइतबार सार्बजानिक बिदा , तमु लोह्सार ।




कास्की -पन्कज देबकोटा । प्रादेशिक सरकारले आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारले ल्होसारको अवसरमा आइतबार सार्वजनिक विदा दिने भएको हो । तमुहरुको उद्गम थलो मानिने गण्डकी प्रदेशलाई गण्डकी सरकारले पुस १५ गते आइतबार सार्वजनिक विदा दिने भएको हो । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले ल्होसारका दिन बिदा दिने निर्णय गरेको हो ।
‘प्रदेश सरकार विभिन्न जातजाति र भाषाभाषीको सम्मान र संरक्षण गर्छ । प्रदेशले वर्षको ६ दिन त्यस्ता विशेष दिनमा बिदा दिन पाउँछ,’ मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता रामशरण बस्नेतले भने, ‘त्यसको सुरुवात ल्होसारबाट भएको छ ।’
गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार विज्ञप्ति पनि जारी गरेर बिदाको जानकारी दिएको छ । ‘पौष १५ गते आइतबारका दिन तमु ल्होसार पर्व परेकाले गण्डकी प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा बिदा दिने गण्डकी प्रदेश सरकारबाट पौष १३ गते निर्णय भएको सम्बन्धित सबैमा जानकारी गराउँदछौं,’ कानुन मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

No comments:

Others

कक्षा १० (SEE) को अन्तिम परिक्षाको रुटिङ थाहा छैन भने हेर्नुहोस । र सेयर गर्नुहोस

Secondary Education Examination (SEE) Routine 2075  NEB Result & News Share this on: Facebook               Tw...

NEB Result & News