तुलसीपुरको राम्रीमा बस खस्यो,धेरैको ज्यान गएको आशँका

तुलसीपुर,६ पुस ।
तुलसीपुर ३ राम्री नजिक बस दुर्घटना भएको छ । सडकबाट बस खोल्सामा खसेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनााएको छ । बा ४ ख ९७६६ नम्बरको बस सल्यानको कपुरकोट स्थीत मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा हर्नेटि र राम्री विचको घुम्ती नेर साझ सवा ५ बजे तिर बस तल खसेको हो ।
बसमा शिक्षक तथा विद्यार्थी चढेकोे बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी धेरैको ज्यान गएको आशँका गरिएको छ । घटनाबारे थप विवरण आउन वाकी छ ।
No comments:
Post a Comment