संसार जति विशाल छ त्यति नै अनौठो र आश्चर्यचकित पार्ने चीजहरुले भरिएको छ। देश-दुनियाँमा पुलहरु अनगिन्ती निर्मित छन्। तर केही पुलहरु यति सुन्दर ढंगले बनाईएको हुन्छ कि जुन देखेर हेर्ने मानिसको सास रोकिन्छ र रोकिनै रहन्छ।भियतनाममा एक यस्तो अद्भुत पुल छ जसले संसारभरका मानिसहरुलाई आफूतर्फ आकर्षित गर्छ। यस पुलको बनावट यति शानदार छ कि पुल देख्ने मानिसको सास एक पलको लागि अवश्यै रोकिन्छ। यस पुललाई झट्ट हेर्दा मात्र दुई बडेमानका हातले थामिएको जस्तो देखिन्छ। तर वास्तवमा यसलाई थुप्रै पिलरहरुले अड्याईएको छ।
यो पुल समुन्द्र सतहबाट लगभग १,४०० मिटरको उचाईमा रहेको छ। यस पुलको लम्बाई करिब १५० मिटर रहेको छ।ल्याङकावी स्काई ब्रिजलाई अत्यन्तै खतरानक मानिन्छ। यो पुल पहाडको माथि बनाईएको छ र यसको चौडाई ६ फिट रहेको छ। यो पुल समुन्द्र सतहबाट लगभग २,३०० फिटको उचाईमा बनाईएको छ। यस पुलबाट मलेसियाको सुन्दर दृश्य देख्न सकिन्छ, जसले जोसुकैको पनि मनलाई मोहित पार्न सक्छ। यो पुल सिर्फ पैदल यात्रा गर्नको लागि हो।भारतको उत्तर-पूर्व स्थित प्रान्त मेघालयमा रहेको लिभिङ रुट ब्रिज प्रकृतिको एक सुन्दर दृश्य हो।
यस पुलको खास भनेको हो कि यो पुल फिकस इलास्टिका ट्री नामको रुखको जराबाट बनेको हो। यस रुखको जरा अत्यन्तै लचकदार र मजबूत हुन्छ, जसले एकै पटक ५० भन्दा बढी मानिसहरुका वजन उठाउन सक्छ। रूख बढ्दै जाँदा यसको जरा अझ मज बूत हुँदै जान्छ। रुखको जराबाट बनेका यी पुलका आयु लगभग ५०० वर्ष हुन्छ। स्थानीय आफ्नो आवश्यकता अनुसार यस रुखको जरालाई दिशा दिन्छ र त्यसै दिशामा यो बढ्छ।विन्ड एन्ड रेन ब्रिज चीन बसोबास गर्ने डोङ जातिका मानिसहरुका अनौठो वास्तुक लाको रूपमा चिनिन्छ। यसको पिलर ढुंगाले बनेको छ, यसको माथिल्लो भाग काठले बनेका छन् भने छाना टायलले ढाकिएका छन्।
माथि ढाकिएको कारण यस पुलले खराब मौसममा वर्षा र वायुबाट सुरक्षित राख्छ। यसैको आधारमा डोङ जातिका मानिसहरुले यसलाई विन्ड एन्ड रेन ब्रिजको नाम दिएका हुन्। यस पुलको लम्बाई लगभग ६४.४ मिटर र चौडाई ३.४ मिटर रहेको छ। यस पुल को उचाई १०.६ मिटर रहेको छ। चीनका चर्चित लेखक गुवा मोरुओ(Guo Moruo) ले पहिलो पटक यो पुललाई देख्दा अत्यन्तै मन पराए र उनले एक कविता लेखेका छन्।सिङ्गापुर स्थित हेलिक्स ब्रिजको डिजाइन डिएनएबाट प्रेरित हो। यो पुल नदी माथि ब नाईएको छ। रातको समयमा रंगी-बिरंगी प्रकाशको रोशनीले चम्किदा यो पुल निकै सुन्दर र आकर्षक देखिन्छ। यो पुल पैदल यात्राको लागि मात्र हो।
चीनको सिदु रिभर ब्रिज दुनियाँकै सबैभन्दा बढी उचाईमा रहेको पुल मध्ये एक हो। यो जमिनबाट ४६० मिटरको उचाईमा रहेको छ। शंघाई र चेंदु जोड्ने यो पुल १३०० मिटर लामो छ।चीनको झाङजियाजी पहाडमा सिसाबाट बनाईएको यो पुल सबैभन्दा अग्लो पुलहरुमध्ये एक हो। यस १०० मिटर लामो पुलको वरिपरी केवल खतरनाक पहाडहरु छन्। सिसाबाट तल हेर्नुभएमा आफूलाई ३०० मिटर माथि पाउनुहुनेछ। कमजोर दिलका मानिसहरुले तल नहेर्नु नै उचित हुनेछ।जापानको एशिमा ओहसी ब्रिजले मेत्स्यु(Matsue) र सकाईमिनाटो(Sakaiminato) नामका दुई शहरलाई जोड्छ। यस पुलको खास र खतरानक कुरा भनेको यसको ढलान हो। नाकाउमी झिल नजिक यस पुलको मुनिबाट पानीजहाज पनि चल्न सक्छन्।
प्रतिक्रिया दिनुहोस्