शिक्षकको लाइसेन्स परीक्षा अब विषयगत हुने
NEB Result & News -
यस वर्षदेखि शिक्षक लाइसेन्सको परीक्षा विषयगत हुने भएको छ । शिक्षक सेवा आयोगले आगामी चैत महिनामा विषयगत लाइसेन्सको विज्ञापन खोल्ने जनाएको छ । आयोगका सूचना अधिकारी रामराज खकुरेलले अबको लाइसेन्स परीक्षा सामान्य नभएर विषयगत हुने जानकारी दिए । उनले विषयगत नै गर्ने भएर त्यही अनुसारको कोर्ष तयार पारेर वेबसाइटमा राखिएको जनाए ।
यसअघि सबै विषयकोलागि एकैप्रकारको प्रश्नपत्र हुने गरेको थियो । आयोगले अब हुने लाइसेन्स परीक्षामा विषयगत शिक्षकको लागि फारम भर्न लगउने र सोही अनुसार डिजाइन भएको प्रश्नपत्रअनुसार जाँच लिने तयारी रहेको बताए ।
उनले कोर्ष स्वीकृत भएको तीन महिनापछिमात्रै त्यसको जाँच दिन पाइने बताउँदै भने, “हामी सबै प्रकृया पूरा गरेर विज्ञापन निकाल्ने तयारीमा छौं । यसै वर्षको अन्त्यमा विज्ञापन निकालिने छ ।” सूचना अधिकारी खकुरेलका अनुसार पहिले शिक्षकलाई प्रदान गर्ने लाइसेन्स विषयगत थिएन । नेपाली, गणितलगायत सबै विषयकोलागि एकै खाले प्रश्नपत्र हुने गथ्र्यो । पहिला जनरल लाइसेन्स दिने गरिएकोमा अब भने विषयगत रुपमा नै लाइसेन्स दिइने छ ।
पहिला नै लाइसेन्स लिइसकेकाले पुनः लिनुनपर्ने भएपनि अब जुन विषय पढेको हो सोही विषयको मात्रै लाइसेन्स दिइने उनको भनाई थियो ।
लाइसेन्स प्राप्त शिक्षक ५ लाख भन्दा बढी
शिक्षा ऐनको २०५९ सालमा भएको सातौ संशोधनपछि शिक्षक लाइसेन्सको परीक्षा लागु भएको हो । सूचना अधिकारी खकुरेलले लाइसेन्स पनि विभिन्न प्रकारका रहेको बताउँदै भने, “स्थायी, अस्थायी र विशेष प्रकारको लाइसेन्सको व्यवस्था रहेको छ ।” उनले हालसम्ममा ५ लाख भन्दा बढी शिक्षकले लाइसेन्स लिएको जानकारी दिए ।
आयोगले विषयगत लाइसेन्स परीक्षाले उत्तीर्ण प्रतिशत बढाउने अनुमान गरेको छ । सूचना अधिकारी खकुरेलका अनुसार यसअघिको माविको लाइसेन्स परीक्षामा ५ प्रतिशत र निमाविमा १५ प्रतिशतको मात्रै राम्रो नतिजा आउने गरेकोमा आफूले पढेको विषयमा राम्रो पकड हुने भएकोले अब लाइसेन्स परीक्षामा पास हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
Read more: https://nebresultnews.blogspot.com/
No comments:
Post a Comment