NEB Result & News

Provide 24 online news, Result Cheeked us dailly.

१३ दिन सार्वजनिक बिदा थप





Star Yamu
MENU


१३ दिन सार्वजनिक बिदा थप

January 3, 2019 NEB RESULT & NEWs


सरकारले सार्वजनिक बिदा पुनरावलोकन गरेको छ। सरकारले १३ दिन थप बिदा दिने प्रस्ताव गरेको हो।गृहमन्त्री रामबहादुर थापा बादल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई रहेको बिदा पुनरावलोकन समितिले विभिन्न ८ पर्वका लागि ११ दिन सार्वजनिक बिदाको प्रस्ताव गरेको हो।२०७५ सालमा घोषणा भएका सार्वजनिक बिदाहरु यथावत राख्दै सरकारले थप पर्वमा बिदा दिन लागेको हो। कतिपय जातीय पर्वहरुमा सम्बन्धित जातिको घनत्व रहेका प्रदेशमा मात्र सम्बन्धित प्रदेश सरकारले बिदा घोषणा गरेका थिए। सरकारले पर्वहरुको बिदा काटेको भनी आलोचना भईरहेको समयमा यस्तो निर्णय भएको हो। आगामी वर्षदेखि किराँत समुदायको चाड उभौली र उधौलीमा बैशाख तथा मंसिर पूर्णिमा दुई दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरिएको छ। आदिवासी जनजाति महासंघको मागबमोजिम ती बिदा प्रस्ताव गरिएको हो।
राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनलगायत मुस्लिम संस्थाहरुको माग बमोजिम इदुल फित्र,बकरइद र मोहम्मद जयन्तीमा सार्वजनिक बिदा दिने प्रस्ताव गरिएको छ। त्यस्तै क्रिश्चिनय महासंघको माग तथा बिदा पुनरवलोकन गर्न सर्वोच्च अदालतको आदेशलाई समेत मध्यनजर गर्दै डिसेम्बर २५ मा क्रिसमसको दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरिएको छ।अर्को वर्षदेखि गुरुङले मनाउने तमु ल्होसार, तामाङको सोनाम ल्होसार र शेर्पाको ग्याल्वो ल्होसारमा पनि सार्वजनिक बिदा प्रस्ताव गरिएको छ। त्यस्तै छठ पर्वमा पनि विदा प्रस्ताव गरिएको छ।
at January 03, 2019
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Admin
Comment Views

No comments:

Post a Comment

Newer Post Older Post Home
Subscribe to: Post Comments (Atom)

Others

कक्षा १० (SEE) को अन्तिम परिक्षाको रुटिङ थाहा छैन भने हेर्नुहोस । र सेयर गर्नुहोस

Secondary Education Examination (SEE) Routine 2075  NEB Result & News Share this on: Facebook               Tw...

NEB Result & News

  • नेपालका सबै कलेजको बिबरन सार्बजनिक यस्तो छ परिणाम ।
    You can search your favourable collee Colleges in Pokhara Colleges in Birgunj Colleges in Biratnagar Colleges in Chitwan Colleg...
  • त्रिविद्धारा बीआईएम र बीबीएको परीक्षा केन्द्र सार्वजनिक
    त्रिविद्धारा बीआईएम र बीबीएको परीक्षा केन्द्र सार्वजनिक Facebook               Twitter                Youtube       Admin   ...
  • माघ १ र २ गते सार्वजनिक विदा दिने निर्णय गरिएको छ ।
     माघ १ र २ गते  सार्वजनिक विदा दिने निर्णय गरिएको छ। Facebook               Twitter                Youtube       Admin                E...
  • Call for Research Paper Tribhuvan University
    Call for Research Paper Tribhuvan University Share this on Tribhuvan University, Institute of Science...

NEB Result & News

  • Home
  • LS Entertainment

NEB Result & News

Provide 24 online news, Result Cheeked us dailly.

java

Language Translate

Page Reader

live degin

NEB Result & News - Live

NEB Result & News

  • Facebook
  • NEB Result & News
  • Nepal Khabar
  • Dangonline
  • NEB Result & News Live
  • Result
  • Twitter
  • Instagram
  • Admin profile
  • TU Result
  • Youtube
  • SEE Results

Live- News

  • Admin
  • NEB Result & News

Followers

NEB Result &News

  • Admin
  • NEB Result & News

Sport

Labels

  • see live here

Report Abuse

NEWS sport

  • Routine of College
NEB Result & News

9810933888

Name

Email *

Message *

NEB Result & News

  • Facebook
  • NEB Result & News
  • Nepal Khabar
  • Dangonline
  • Youtube Channel
Copy Right Reserved By NEB Result & News. Travel theme. Powered by Blogger.