स्नातक प्रथम वर्षको रजिस्ट्रेशन फारम भर्ने सम्बन्धी सूचना

स्नातक प्रथम वर्षको रजिस्ट्रेशन फारम भर्ने सम्बन्धी सूचना

 
त्रिभुवन विश्वविद्यालयले रजिष्ट्रेशन फारम भर्न आग्रह गरेको छ । २०७५ सालमा स्नातक तह भर्ना भएका विद्यार्थीहरुले आउँदो माघ मसान्त सम्ममा रजिष्ट्रेशन फारम भर्न सक्ने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
तर, सम्बन्धीत क्याम्पसहरुले भने आफूले संकलन गरेको रजिष्ट्रेशन फार आउँदो फागुन ६ गते सम्म त्रिविमा बुझाइसक्नु पर्ने भएको छ । तर दोब्बर दस्तुर सहित आउँदो चैत मसान्त सम्ममा पनि रजिष्ट्रेशन फारम बुझाउन सकिने त्रिविले जनाएको छ ।
त्रिविका अनुसार शैक्षिक शत्र २०७५ देखि फोटो सहितको रजिष्ट्रेशन कार्ड प्रयोगमा आउने भएको छ । त्यसको लागि विद्यार्थीहरुले हालसालै खिचेको पासपोर्ट साइजको थप एक प्रति रंगिन फोटो अनिवार्य रुपमा फारम सँगै उपलब्ध गराउनु पर्ने भएको छ ।
रजिष्ट्रेशन शुल्क (स्वदेशी वोर्ड एकल दस्तुर ५ सय रुपैयाँ र विदेशी वोर्ड एकल दस्तुर १ हजार रुपैयाँ) लाग्ने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

No comments:

Others

कक्षा १० (SEE) को अन्तिम परिक्षाको रुटिङ थाहा छैन भने हेर्नुहोस । र सेयर गर्नुहोस

Secondary Education Examination (SEE) Routine 2075  NEB Result & News Share this on: Facebook               Tw...

NEB Result & News