निजि बिध्यालय भन्दा कडा बन्दै सरकारी बिध्यालय



निजि बिध्यालय भन्दा कडा बन्दै सरकारी बिध्यालय ।




काठमान्डौ , इटहरी–९ मा रहेको जनता माध्यमिक विद्यालयले निजी स्कुलसँग प्रतिस्पर्धात्मक बन्न नयाँनयाँ प्याकेज शुरु गर्ने भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दङ्गालका अनुसार विद्यालयको लागि बस सञ्चालन गर्ने, अनिवार्य अङ्ग्रेजी विषयमा पठनपाठन गराउने, विद्यालयको प्रशासनिक कामलाई डिजिटल प्रविधिमा लानेजस्ता कार्यक्रम विद्यालयले ल्याउँदैछ ।२०१३ सालमा स्थापना भएको र इटहरी बजार क्षेत्रमै भएको जनता माध्यमिक विद्यालयमा पहिलोपटक यस्तो सुधार गरी सुविधा ल्याउन लागिएको हो ।
कम्प्युटर इन्जिनियरसहितको कम्प्युटर ल्याब, योग कक्षाको व्यवस्था, गीतसङ्गीतदेखि अन्य खेलकुदका कार्यक्रमहरु विद्यालयले ल्याउन लागेको छ ।पर्याप्त खेल मैदान, अनुभवीी शिक्षक भए पनि निजी विद्यालयभन्दा कमजोरजस्तो देखिएको जनता माध्यमिक विद्यालय लाई स्तरीय बनाइने र अर्को शैक्षिक सत्रको लागि यसै वर्ष भर्ना लिइने भएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दङ्गालका अनुसार सरस्वती पूजाको अवसर पारेर माघ २८ बाट भर्ना लिइनेछ । हाल १२ कक्षा सम्म सञ्चालन भइरहेको जनता माध्यमिक विद्यालयमा १ हजार ४ सय ६० विद्यार्थी छन् ।
नयाँ भर्नामा २ सय ४० विद्यार्थी आउने अनुमान गरिएको दङ्गालले बताए । बाल कक्षादेखि १२ सम्म अनिवार्य अङ्ग्रेजीमा पठनपाठन, सिसी क्यामेरा जडान, स्कुल बसदेखि डिजिटल प्रविधि उपयोग गर्ने नीति लिएपछि भर्नामा अहिलेदेखि नै चासो आएको दङ्गाल बताउँछन् ।उनी भन्छन्, ‘हामीले सामाजिक सञ्जालमा सामान्य प्रचार गरेको आधारमै अभिभावकहरू निजी विद्यालयबाट बच्चा निकालेर यता भर्ना गर्न इच्छुक देखिए ।’तीन वर्षे कार्यकालको लागि २०७५ असोज ६ गते विद्यालय व्यवस्थापन समितिमा आएका थिए दङ्गाल । तर उनी विवादमा तानिए ।
विवादमा आउनुको मुख्य कारण विद्यालयको अभिभावक नभएको, विद्यालय भएको वडाको बासिन्दा नभएको र विद्यालयमा यस अगाडि कुनै योगदान नगरेको जस्ता आरोप थिए । सबैभन्दा ठूलो आरोप भने आफँै विद्यालयमा व्यवस्थापन समिति अध्यक्ष भए पनि आफ्नी छोरी भने निजी स्कुलमा पढाइएको थियोयी र यस्ता आलोचनाको समाचार पूर्वी बजार दैनिकले प्रकाशन गरेको थियो । तर, यस्ता आलोचनासँगै दङ्गालले एकपछि अर्को विद्यालय सुधारका कार्यक्रम ल्याउन थाले । र, अहिले जनता माध्यमिक विद्यालयको आकर्षण बढ्दै गएको अभिभावक बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

यो हाम्रो भिडियो युटुब च्यानललाई Subscribes  गर्नुहोला।

No comments:

Others

कक्षा १० (SEE) को अन्तिम परिक्षाको रुटिङ थाहा छैन भने हेर्नुहोस । र सेयर गर्नुहोस

Secondary Education Examination (SEE) Routine 2075  NEB Result & News Share this on: Facebook               Tw...

NEB Result & News