शिक्षक आयोगद्धारा खुल्ला विज्ञापनको कापी परीक्षण शुरु


काठमाडौंको विश्व निकेतन र रत्नराज्य विद्यालय तथा भक्तपुर स्थित आयोगकै कार्यालयमा सोमबारबाट कापी परीक्षणको काम शुरु भएको उनले बताए । नतिजा प्रकाशनको काम चाँडै सक्ने गरी आवश्यक परेमा अन्य स्थानमा पनि परीक्षणको ब्यवस्था गर्न सकिने उनको भनाई छ । यस अघि ताहाचल स्थित जनप्रभात माविमा परीक्षण गरिएको थियो ।   ?
गत असारमा भएको खुल्ला विज्ञापनको परीक्षा असोजमा भएको थियो । माविको असोज ११ गते, निमाविको १२ र प्राविको १३ गते  परीक्षा भएको थियो । यही बीचमा अस्थायी शिक्षकको परीक्षाको प्रकृयागत काम सक्नु पर्दा खुल्लाको काममा केही प्रभाव परेको आयोगका पदाधिकारीले बताउँदै आएका छन् ।
आईतबार काठमाडौं उपत्यकाको लिखित नतिजा प्रकाशन गरे सँगै अस्थायीको लिखितको नतिजा सार्वजनिक गर्ने काम सकिएको छ । त्यस पछि आयोगले खुल्लाको कापी परीक्षण शुरु गरेको हो ।
कूल १२ हजार ७ सय ३९ पदका लागि भएको विज्ञापनमा २ लाख ८२ हजारले आवेदन गरेका आयोगले जनाएको छ । प्राथमिक तहमा ९ हजार ९ सय ९६, निमावि तहमा १६ सय ३५ र मावि तहमा ११ सय ८ पदमा आयोगले  विज्ञापन  गरेको हो ।

No comments:

Others

कक्षा १० (SEE) को अन्तिम परिक्षाको रुटिङ थाहा छैन भने हेर्नुहोस । र सेयर गर्नुहोस

Secondary Education Examination (SEE) Routine 2075  NEB Result & News Share this on: Facebook               Tw...

NEB Result & News