काठमाडौं २४ माघ / नेपाली विद्यार्थी विदेसिने क्रम अत्यधिक भएको भन्दै राजधानी दैनिकले चार वर्षमै साढे दुई लाख विद्यार्थी विदेसिएको खबर छापेको छ ।
चार बर्षको अवधिमा दुई गुणा बढेको भन्दै उक्त खबरमा २०७० माघमा २८ हजार १ सय २६ जना विद्यार्थी विदेसिएकामा २०७४ सालमा बढेर ५८ हजार ७ सय ५८ पुगेको उक्त खबरमा उल्लेख छ ।
पछिल्लो पाँच बर्षयता झण्डै २ लाख ४० हजार विद्यार्थी अध्ययनका लागि बाहिरिएका छन् । अध्ययन अनुमति पत्र लिएर ७१ देशमा २ लाख ३५ हजार ७४ विद्यार्थी बाहिरिएको शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखालाई उदृत गर्दै प्रशान्त वलीले लेखेको खबर छापिएको छ ।
1 comment:
TT
Post a Comment