तुलसीपुर
१ पुस/ दाङमा सवारीको ठक्करबाट एकको मृत्यु भएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दुधेनामा नम्बर नखुलेको सवारीले ठक्कर दिदा दाङ बबई गाउँपालिका वडा नं. ७ डाँडागाउँ निवासी ५८ बर्षीय नेत्र बुढाथोकीको मृत्यु भएको हो ।
गएराती साढे ९ बजेतिर ठक्कर दिदा बुढाथोकीको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार शवलाई पोष्टमार्टमका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर राखिएको छ ।

प्रतिकृया

0 प्रतिकृया