‘राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ भन्ने नारासहित आज झण्डा दिवस मनाइँदै
| 
1.2K 
SHARES | 
काठमाडौंँ । अाज पुस १ गते अर्थात नेपाली राष्ट्रिय झण्डा दिवस विभिन्न कार्याक्रम गरी मनाइने भएको छ । ‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारासहित अाज आइतबार नेपाली राष्ट्रिय झण्डा दिवस मनाउन लागिएकाे हाे ।
२०६२ साल पुस १ गते (१६ डिसेम्वर) संयुक्त राष्ट्र संघले नेपालको झण्डालाई अङ्कित गरेको दिनलाई स्मरण गर्दै राष्ट्रिय झण्डा दिवस मनाउन लागिएको कार्यक्रम संयोजक श्याम बजगाईले बताए।
बजगाईका अनुसार अन्तर्राष्ट्रियरूपमा नेपालीपनको प्रवद्र्धन र प्रसार गर्ने उद्देश्यले दिवस मनाउन लागिएको हो । सामाजिक सञ्जाल फेसबुक लगायतको माध्यमबाट नेपाली झण्डा बोकेर काठमाडौँको बसन्तपुरमा भेला हुन सबैलाई आग्रह गरिएको महाअभियानले जनाएको छ ।
Admin: Shusil kc ( Star Yamu)



 
 
 
 
 
No comments:
Post a Comment