नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति गौचनले इपीएलबाट अाफ्नाे खेलाडी करियरबाट बिदा लिएका छन । उनकाे करियरकाे अन्तिम प्रतियाेगिता सुखद नभएपनि शक्तिले पूर्व घाेषणा गरेअनुसार नै इपीएललाइ अाफ्नाे करियरकाे अन्तिम प्रतियाेगिता बनाए ।
इपीएलमा पाेखरा लिग चरणबाट नै बाहिरीएपछि उनकाे अन्तिम प्रतियाेगिता जित्ने धाेकाे पुरा हुन सकेन । करीव १८ बर्षकाे क्रिकेट यात्रामा एउटा सशक्त अनि मेहेनती खेलाडी क्रिकेटबाट टाढा हुँदा पक्कैपनि नेपाली क्रिकेटका लागि दुःखकाे कुरा हाे । तरपनि शक्तिले नेपाली क्रिकेटलाइ जति पनि याेगदान दिए त्यसकाे तुलना केहिसँग हुँदैन ।
नेदरल्याण्डस् विरुद्ध हुने पहिलो एकदिवसिय श्रृखंला करियरको अन्तिम अन्तराष्ट्रिय प्रतियाेगिता बनाएका शक्तिले नेपालमा नै कुनै अन्तराष्ट्रिय खेल हाेस र राम्राेसँग बिदाइ लिउ भन्ने साेचेका थिए । तर नेपाल क्रिकेट निलम्बनका हुुन अनि उनकाे विदाइलाइ राम्राे गर्नुपर्छ भनेर साेच्ने ब्यक्ति काेहि नहुँदा उनले इपीएललाइ नै करियरकाे अन्तिम प्रतियाेगिता बनाए ।
करीव १८ बर्षे क्रिकेट करियरमा शक्ति एउटा शसक्त खेलाडीका रुपमा रहदै आएका छन् । शक्तिको विदाईलाई भब्य बनाउन घरेलु मैदानमा विशेष खेलको आयोजना गरिनेछ । सन् २००२ देखि अन्तराष्ट्रिय क्रिकेट सुरु गरेका शक्ति अन्तराष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो खेलाडी पनि हुन । टी–२० बरियतामा हाल ७७ औं स्थानमा रहेका शक्ति अन्तराष्ट्रिय क्रिकेटमा सतक पनि प्रहार गरेका छन । विश्वकप छनोटमा इटली विरुद्धको खेलमा २००५ मा उनले एक सय ३ बलमा १०६ रन बनाएका थिए ।
सन् २००१ मा यू–१७ बाट क्रिकेट करियर सुरु गरेका शक्तिले बंगलादेश विरुद्धको एशिया कपबाट सुरुवात गरेका थिए । सन् २००२ मा उनले न्युजिल्याण्डमा अन्डर नाइन्टिन विश्वकप खेलेका थिए । सोहि बर्ष सिंगापुरमा भएको एसीसी ट्रफिमा उनले राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।
नेपाल डिभिजन ५ देखि टी–२० विश्वकप खेल्दा र एकदिवसिय मान्यता पाउदासम्मका सारथी शक्तिले राष्ट्रिय टिमका लागि सबै प्रेरणादायी प्रदर्शन गर्दै आएका थिए । कोलकातामा बुवासँग बस्दा क्रिकेट सिकेका शक्तिको क्रिकेट करियरमा कहिलेपनि ओरालो लागेन । बढ्दो उमेर र फिटनेसका कारण शक्तिले क्रिकेट करियरलाई वाईवाई भनेका छन् । तर पनि उनी क्रिकेटमा सधै रहिरहने प्रणपनि गरेका छन् ।
याेपनिः भेट्रान क्रिकेटर शक्ति गौचनद्वारा सन्यासको घोषणा
शक्तिले अाफ्नाे करियरमा बनाएका राेचक तथ्य
- सन् २००२ मा एसीसी ट्रफि अन्तर्गत ओमान विरुद्धको खेलबाट डेब्यु
- लिष्ट ए मा एक हजार रन पुरा गर्ने खेलाडी
- अन्तराष्ट्रिय क्रिकेटमा सतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी, इटाली विरुद्ध २००५ मा १०६ रन
- बसन्त रेग्मी र महबुब आलमपछि सर्वाधिक विकेट लिने तेस्रो खेलाडी
- राष्ट्रिय टिमबाट खेलेको पहिलो प्रतियोगितामा नै ७ विकेट र २४८ रन बनाउन सफल, जसमा दुई हाफ सेन्चुरी ( २००२ को एसीसी ट्रफिमा )
- सन् २०१० को एशियन गेम्स र २०११ को एसीसी टी–२० कपमा टिमबाट ड्रप, जसलाई उनी ब्ल्याक डे मान्छन
- २०१२ को टी–२० विश्वकप छनोटमा कमब्याक, सो प्रतियोगितामा १६ विकेट लिन सफल, जुन उक्त प्रतियोगितामा धेरै विकेट लिने दोस्रो खेलाडी
- शक्तिले सो प्रतियोगितामा डेनमार्क विरुद्ध ह्याट्रिक
- २०१२ को विश्वकप छनोटपछि शक्तिलाई आइपिएल टिम राजस्थान रोयल्समा ट्रायलका लागि निम्तो
- २०१२ विश्व क्रिकेट लिग डिभिजन ४ मा मलेसिया विरुद्ध सर्वाधिक कम इकोनोमीका साथ बलिङ गर्ने पहिलो नेपाली र विश्वमा दोस्रो खेलाडी (१०–८–२–३ )
- सो प्रतियोगितामा कुल १० विकेट लिन सफल
- २०१२ को एसीसी ट्रफि इलिटमा १५ विकेट लिन सफल
- २०१४ मा बंगलादेमा भएको टी–२० विश्वकपमा कुल ५ विकेट, हङकङ विरुद्ध शसक्त ३ विकेट
- २०१४ को एशियन गेम्समा ५ विकेट मात्र ३ दशमलव ५४ को इकोनोमीमा
- २०१४ को विश्वकप क्रिकेट लिग डिभिजन ३ मा १० विकेट
- २०१५ मा भएको डिभिजन २ मा ७ विकेट
No comments:
Post a Comment