इपीएल: पोखरालाई हराउँदै चितवनले निकाल्यो दोस्रो जित
13
SHARES
|
का
ठमाडौं । एभरेष्ट प्रिमियर लिग इपीएलमा चितवन टाइगर्सले दोस्रो जित निकाल्ने क्रममा पोखरा पल्टनलाई ७ विकेटले पराजित गरेको छ । पोखराले दिएको १ सय ३० रनको लक्ष्य चितवनले ३ विकेट गुमाउँदै १९ औं ओभरमा पूरा गरेको हो ।
चितवनका लागि पौल स्टर्लिङले ५५ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ५४ रन जोडेका थिए । टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २९ रन बनाएको हो । करियरको अन्तिम खेल खेलिरहेका शक्ति गौचनको नेतृत्वमा रहेको पोखराले आजको खेलमा मध्यम सुरुवात गरेको थियो । पहिलो विकेट २९ रनमा गुमाएको पोखराका लागि केयल कोट्जरले २३ रन बनाए । अर्का ओपनर विनोद भण्डारी र सुनिल धमलाले पोखराको स्कोर ७७ रनमा पु¥याउँदा भण्डारी २५ रनमा पेभेलियन फर्किए ।
७७ रनकै स्कोरमा पौल कलिन शून्य रनमै आउट भए । त्यसपछि सुनिल धमला र राजेश पुलामीले पोखराको इनिङ अगाडि बढाएका थिए । टिमको स्कोर १ सय १४ रन हुँदा राजेश पुलामी चौथो विकेटको रुपमा १२ रनमा आउट भएका थिए । सुनिल र सन्नी भिमसरियाले पोखराको स्कोर १ सय २६ रन बनाउँदा सुनिल ५१ रनमा पेभेलियन फर्किएका थिए । सन्नी र कप्तान शक्ति गौचनले स्कोर बोर्डमा ३ रन थपेपछि निर्धारित ओभरको खेल सकिएको थियो । सन्नी ४ तथा कप्तान गौचन १ रनमा नट आउट रहे ।
शुसिल के सी Admin NEB Result & News
No comments:
Post a Comment