काठमान्डौ , यूएईलाइ हराउदै नेपाल एक दिवसीयअन्तर्राष्ट्रिय क्रिकेटमा बिजयी भएको छ ।पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याच ४ विकेटले जितेको छ । यससँगै तीन म्याचको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ ।गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको हो ।यसअघि नेदरल्यान्ड्ससँग भएको पहिलो एकदिवसीय सिरिज भने १–१ को बराबरी टुंगिएको थियो ।यूएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
कप्तान पारस खड्काले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाएका छन् ।युएईविरुद्धको अन्तिम तथा तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिके टमा कप्तान पारसले शतक बनाएका हुन् । योसँगै उनी एक दिवसीय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेला डी बनेका छन् ।५० ओभरको खेलमा भने पारसको यो चौथो शतक हो । उनले ९६ बलमा १०० रन बनाउँदै शतक पूरा गरेका हुन् । शतक बनाउने क्रममा १३ चौका र एक छक्का प्रहार गरे ।कप्तान पारस खड्काले एक दिवसीयमा यसअघि नेदरल्यान्ड्स विरुद्ध अर्धशतक प्रहार गरेका थिए ।
कप्तान पारसले ११५ रन बनाएर आउट भए । उनले १०९ बलमा १५ चौका र एक छक्का प्रहार गरेर आउट भए ।यसअघि पाँचौ विकेटको रुपमा रोहितकुमार पौडेललाई नेपालले गुमाएको थियो । रोहित १६ रनमा आउट भए ।सन्दीप जोरा १९ रनमा बाउन्ड्री ला इनमा क्याच आउट भएका थिए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीलेले ६ रन बनाएर आउट भए ।नेपालका ज्ञानेन्द्र मल्ल ३१ रनमा आउट भएका थिए । त्यस्तै, विनोद भण्डारी ९ रनमा आउट भए ।आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २५४ रन बनाएको थियो ।
No comments:
Post a Comment