काम सानो हुँदैन’
बढ्दो बेरोजगारीसँगै दैनिकी चलाउन स्वदेशमै रोजगारीको पर्याप्त अवसर नहुँदा धेरै युवा शक्ति दिनानुदिन विदेशिने क्रम बढिरहेको छ। पढेर पनि भनेअनुसार रोजगारी नहुँदा कतिपय युवा स्वदेमै केही गर्नुपर्छ भन्दै विभिन्न काम गर्ने युवाको जमात पनि छ।विदेशमा बगाउने श्रम पसिना स्वदेमै बगाए केही गर्न सकिन्छ भनेर काम गर्नेहरू युवा पनि केही भेटिन्छन्। कतिपय पढेर पनि पढाइअनुरूप रोजगारी नपाएपछि विभिन्न पेसा अवलम्बन गर्न बाध्य छन््। सीपविनाको पढाइ र अवसरविनाको देश हुनाले हजारौं जनशक्ति विदे शी भूमिमा श्रम गर्न बाध्य छन््।
समाजशास्त्रमा मास्टर डिग्री गरेका रेसुंगा नगरपलिका–२ तम्घास धागीथुका युवा सन्तोष पन्थीले स्वदेशमै केही गरौं भन्ने सन्देश दिन अटो रिक्सा चलाउन शुरू गरेका छन््। उनले केही दिनअघिबाट गुल्मीको सदरमुकाम तम्घासमा अटोरिक्सा चलाएर यात्रु बोक्ने का म शुरू गरेका हुन्।कामलाई सानो ठूलो होइन सफलतापूर्वक गर्नुपर्छ, गरे जेमा पनि कमाइ गर्न सकिन्छ भन्दै उनले अटोरिक्सा चलाउन शुरू गरेको बताए। नेपालीले आफ्नो ठाउँमा काम गर्न लजाउने बाहिर गए ट्वाइलेट पनि सफा गर्न तयार हुने गर्ने कारण बेरो जगारी बढेको उनले बताए।
‘काम गर्न लजाउनुहुँदैन’, अटो चालक पन्थीले भने– ‘कामको सम्मान गरे कोही पनि खाली बस्नुपर्दैन।’०५७ सालमा एसएलसी दिएर भारत पसेका उमेर ३४ वर्षका पन्थीले एउटा कोठीमा खाना पकाउने काम गरेर एक वर्ष बिताएको बताए। उनले प्लस टु पास गरेपछि केही समय सुपरभाइजरदेखि डोजर चलाउने कामसम्म गरेको बताए।पढाइसँगै काम पनि गर्दैै आएका पन्थीले डिग्री सकेर काठमाडौंका क्याम्पसमा पार्ट टाइम पढाएको बताए। उनले काठमाडौंमा पढ्दा पनि वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रमा काम गर्दा ४० बढी जिल्लामा पुगेको बताए।
क्याम्पसमा पार्ट टाइम पढाएर खर्च चलाउन मुस्किल परेपछि घर फर्किएको उनले बताए। तम्घासमा आएपछि केही युवा मिलेर खाजा नास्ता फास्टफुट सेन्टर सञ्चालन गरे, तर स्थानीय तहको गठनपछि सदरमुकामका होटल, रेस्टुरेन्ट खासै राम्रोसँग चल्न छोडे।उ नले पेसा रोज्दै जाँदा ५ लाख मूल्यको अटोरिक्सा किनेर चलाउन शुरू गरेको बताए। दिनमा सरदर खर्चसहित २ हजारसम्म कमाउने पन्थीले कामलाई सानो ठूलो मान्न नहुने बताए। आफ्नै ठाउँमा केही गरौं, गरे हरेक कामममा सफल भइन्छ भन्ने सन्देश दिन र जीविकोपार्जनको लागि अटो चलाउन शुरू गरेको बताए।
प्रतिक्रिया दिनुहोस्